Madhes Khabar
स्थानिय

सहिद दिवसमा कांग्रेसद्वारा वीरगन्जमा १० जना सम्मानित

वीरगन्ज,१६माघ:सहिद दिवसकाे अवसरमा नेपाली कांग्रेसले वीरगन्जमा १० जना अग्रजहरुलाई सम्मानित गरेकाे छ।वीरगन्ज-१४ गण्डक चाेकमा अवस्थित सहिद तेजबहादुर अमात्यकाे शालिक परिसरमा बुधबार नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा लोकतन्त्र, मानव अधिकार र समाज सेवामा महत्वपूर्ण योगदान पुर्‍याएका १० जना व्यक्तिहरूलाई सम्मानित गरेकोे हाे।

कार्यक्रममा मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले नगेन्द्र पटेल, याकुब अन्सारी, लालबहादुर राउत कुर्मी, शान्ति कार्की, लक्ष्मण प्रसाद कुर्मी, लाल महमद मियाँ, जमिला खातुन, पार्वती देवी, नेत्र बहादुर केसी र हिराकान्त चौधरीलाई दाेशल्ला ओढाएर सम्मानित गरे।

 

कांग्रेसका क्षेत्रीय सभापति मोहम्‍मद सहाबुदिनको अध्यक्षता तथा मन्त्री क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको क्षेत्रीय सचिव रन्जित कुमार पटेलले जानकारी दिए।

Related posts

पर्सा जिल्लामा ३ लाख ५१ हजार ६२८ मतदाता, कुन पालिकामा कति ?

MadhesKhabar

वीरगन्जको खानेपानी संस्थानको कार्यालयमा मन्त्री यादवको छड्के अनुगमन

MadhesKhabar

पाेखरियामा नवनिर्वाचित सांसद गुप्ता एमालेबाट सम्मानित

MadhesKhabar

Leave a Comment