Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा जिल्लामा ३ लाख ५१ हजार ६२८ मतदाता, कुन पालिकामा कति ?

फाइल तस्बिर ।

वीरगन्ज,९जेठःपर्साको निर्वाचन कार्यालयले आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्मको पर्सा जिल्लाको मतदाता नामावली अद्यावधिक गरेको छ ।जस अनुसार, पर्सामा हाल कूल मतदाताको संख्या ३ लाख ५१ हजार ६२८ जना कायम भएको छ।

जिल्लाका १४ पालिकामध्ये सबै भन्दा बढी मतदाता वीरगन्ज महानगरपालिकामा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारका अनुसार, वीरगन्ज महानगरपालिकाका ३२ वटै वडामा गरी कूल मतदाता १ लाख ३२ हजार ३९३ जना मतदाता रहेका छन् ।तीमध्ये पुरुष मतदाताको संख्या ७५ हजार १६९ र महिला मतदाताको संख्या ५७ हजार २२० छ ।यस्तै वीरगन्ज महानगरमा अन्य समुदायका (समलिङगी,तेश्रो लिङगी) मतदाता चार जना छन् ।

निर्वाचन कार्यालयका अनुसार पर्सागढी नगरपालिकामा २२ हजार ९५१ जना ,बहुदरमाई नगरपालिकामा पनि २४ हजार ९९३ जना, सखुवाप्रसौनी गाउँपालिकामा २० हजार १४४ जना, पोखरिया नगरपालिकामा २० हजार ४३ जना मतदाता रहेका छन् ।

यसैगरि जगरनाथपुर गाउँपालिकामा १८ हजार ६७२, छिपरमाई गाउँपालिकामा १५ हजार ९७२,विन्दवासिनी गाउँपालिकामा १५ हजार १८८ जना, ठोरी गाउँपालिकामा १४ हजार ६७६ जना, जिराभवानी गाउँपालिकामा १४ हजार २६४ जना, पटेर्वा सुगौली गाउँपालिकामा १४ हजार ३३ जना, कालिकामाई गाउँपालिकामा १३ हजार २८२ जना , पकहाँमैनपुर गाउँपालिकामा १२ हजार ५९२ जना र धोबिनी गाउँपालिकामा १२ हजार ४२५ जना मतदाता रहेका छन् ।

 

Related posts

वीरगन्जका पूर्व मेयर सरावगीले छाडे एमाले, अब फेरि जसपामा फर्किने चर्चा !

MadhesKhabar

पर्सा : कक्षा ९ की छात्रा सोनी गुप्ता बनिन् एक दिनका लागि प्रधानाध्यापक

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखानाका लागि आविष्कार केन्द्रले किन्यो ५० लाखकाे मेसिन

MadhesKhabar

Leave a Comment