Madhes Khabar
स्थानिय

पाेखरियामा नवनिर्वाचित सांसद गुप्ता एमालेबाट सम्मानित

मधेसखबर
वीरगन्ज ,११ माघ: पर्साकाे पाेखरियामा पर्सा क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद राजकुमार गुप्तालाई नेकपा एमालेले सम्मानित गरेकाे छ ।

बुधबार पोखरियामा आयाेजित एमाले नगर कमिटीको बैठकमा नवनिर्वाचित सांसद गुप्तालाई सम्मानित गरिएको हाे ।एमाले नगर कमिटीका अध्यक्ष बिंधाचल ठाकुरको अध्यक्षतामा आयाेजित बैठकमा अध्यक्ष ठाकुरले गुप्तालाई दाेशल्ला ओढाएर सम्मानित गरेका हुन् ।बैठकमै मंसिर ४ काे निर्वाचन ताका विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका शैलेश साह कानू , गोवर्धन यादव , बांका प्रसाद कुर्मी ,शिवपूजन साह गोढ लगायतलाई सांसद गुप्ताले फुलमाला लगाएर सम्मानित गरे ।

बैठकमा बाेल्दै सांसद गुप्ताले आफुलाई मत दिएर निर्वाचित गराउने पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिदै क्षेत्रकाे विकास र समृद्धिका लागि अहाेरात्र खटेर लाग्ने प्रतिबद्धता पनि जनाए । यस्तै पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहानले पनि नगरपालिकाकाे सेवा प्रवाह , विकास निर्माणका कामलाई एक महिना भित्र चुस्त दुरुस्त पार्ने प्रतिबद्धता जनाए ।

बैठकमा उपमेयर रूबी कुमारी ठाकुर , एमाले नगर सचिव संतोष गिरी ,बिनोद गिरी,भगवान प्रसाद कुर्मी, लगायतका नेता कार्यकर्ताहरुकाे सहभागिता थियाे ।

Related posts

बारामा मोटरसाइकल पुल मुनि खस्दा दुई जनाको मृत्युु

MadhesKhabar

भ्रष्टचारीहरुलाई कारबाहीको माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

सदस्यता विवाद टुंग्याएर मात्र पत्रकार महासंघको जिल्ला अधिवेशन गर्न प्रेस युनियन पर्साको माग

MadhesKhabar

Leave a Comment