वीरगन्ज,११वैशाखः वीरगन्जमा शुक्रबार वीरगन्ज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेका छन् । संस्थाको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३ महिलासहित ३० जनाले रगत दान गरेका हुन् ।
रक्तदान गर्नेहरूमा गीता पौडेल, वर्षा शाक्य, युबराज खड्का, दीपेन्द्र साह, कृष्ण पटेल, विजयलाल नकर्मी, आशिष पौडेल, हिमांशु गुप्ता, नरेश चौधरी, राकेश कुमार गुप्ता, मदन पटेल लगायत रहेको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ।
संस्थाका अध्यक्ष डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा आयउोजित रक्तदान कार्यक्रममा संस्थाका प्रबन्धक बृजेश गुप्ता, सचिव ललिता आमात्य, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता लगायतकाकाृपनि उपस्थिति थियो ।

