वीरगन्ज,३चैत:वीरगन्जमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ६२ जनाले रगतदान गरेका छन् ।अभिभवक संघ पर्साले घणटघर चाेकमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार महिला सहित ६२ जनाले रगतदान गरेका हुन् ।
रगतदान गर्नेहरुमा पुजा ढकाल, मनिषा कुमारी झा, पुनम यादव, ओनिका कुमारी, बलिराम चौधरी, सुशिल कुमार साह, बिवेक प्रसाद साह, राहुल सर्राफ, अरुण साह, सन्दिप सर्राफ, आकाश कुमार साह, राजकुमार राय, नरेन्द्र कुमार तिवारी, राजिव ठाकुर, अजित कुमार मण्डल लगायत रहेकाे रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए।
रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएपछि होलीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहले बताए।रक्तदान कार्यक्रममा शाश्वत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग गरेको उनले बताए ।
संघका अध्यक्ष साहको अध्यक्षता तथा वीरगन्जका पूर्व मेयर विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,एमालेनेता अध्यक्ष शम्भु गुप्ता, पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कुमार कलवार, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाइ, जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ, वीरगन्ज युवा समाजका अध्यक्ष सन्जिव थापा, समाजसेवी ब्रिजेश्वर चौधरी, वीरगन्ज कपडा बैंकका अध्यक्षलालबाबु सिंह, युवा अभियन्ता दिलिप राज कार्की लगायतकोपनि उपस्थिती रहेको थियो ।

