वीरगन्ज,१वैशाखः पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ को दलितवस्तीमा सोमबार राति भएको आगलागीबाट घरबार बिहिन भएका तीन दलित परिवारलाई तत्काल राहतका लागि खाद्यान्न लगायतका सामग्री सहयोग गरिएको छ ।
रास्वपाका नेता तथा सामाजसेवी बृजेश्वर प्रसाद चौधरी र दलित युवा अभियन्ता मनोज रामको पहलमा दलितबस्तीका आगलागी पिडित तीन परिवारलाई राहत उपलब्ध गराइएको हो ।
आगलागी पिडितहरु सन्जय राम, मन्जय राम र मन्तुरादेवी रामको परिवारलाई मंगलबार दलितबस्तीमै पुगेर प्रत्यके परिवारलाई १ बोरा चामल,१ बोरा पीठो, १ बोरा आलु , १ पोका प्याज,, दाल, मसाला , नुन, खानेतेल ,चना, केराउ र साबुन प्रदान गरिएको चौधरीले जानकारी दिए ।
उक्त दलितबस्तीमा सोमबार राति अचानक आगलागी हुदाँ तीन वटा फुसको घर र घरभित्रका सबै सरसामान जलेर नष्ट भएपछि पिडितहरु बिचल्लीमा परेका छन् ।

