Madhes Khabar
समाज

वीरगन्ज बालसुधार गृहको दूरावस्था सुधार गर्न मानव अधिकारकर्मीहरुको आग्रह

वीरगन्ज,८ असोज : वीरगन्जको वीर्तास्थित बालसुधार गृहमा विद्यमान दूरावस्था सुधार गर्न मानवअधिकारकर्मीहरुले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

सुधार गृहमा खाना, पानी , शौचालय , औषधी उपचार लगायतमा उचित व्यवस्थापन नहुदाँ त्यहाँ राखिएका बालक र किशोरहरुले विभिन्न सास्ती खेप्न बाध्य भइरहेको भन्दै मानव अधिकारीकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

स्वतन्त्र मानव अधिकार समाजको टोली बालसुधार गृहमा अनुगमन गर्न पुग्दा त्यहाँ रहेका बालक र किशोरहरुका लागि उपलब्ध सुत्ने कोठाको अभाव भएको , एउटै कोठामा १४ जना सम्मलाई कोचेर राखिएको , उपलब्ध खाना र खाजा गुणस्तरहिन भेटिएको , सुत्ने कोठामा पंखाको कमी भएको , औषधीउपचारमापनि लापरवाही गरिएको , पुस्तकालय र खेलकुदका सामग्री उपलब्ध नगराइएको लगायतका समस्या देखिएको समाजका केन्द्रिय अध्यक्ष कृष्णकुमार खनालले बताए ।

यीनै समस्या समाधानका लागि सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर समाजको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शीवप्रसाद लम्साललाई लिखित रुपमा ध्यानाकर्षण गराएको खनालले बताए ।

यसका साथै सुधारगृहमा नियमित विद्युती आपुर्तिका लागि जेनेरेटरको व्यवस्था गर्न , खानेपानीको उचित प्रबन्ध मिलाउन , कोठाहरुमा पंखा थप्न , समयसमयमा स्थानीय प्रशासनको तर्फबाट अनुगमन गर्न र त्यहाँ सुरक्षारत ९ जना प्रहरीका लागि छुट्टै मेस सञ्चालन गर्नपनि आग्रह गरिएको समाजका महासचिव दिपक साहले जानकारी गराए ।

साहका अनुसार , सुधार गृहमा रहेका १३१ जना बालक र किशोरहरुलाई ८ वटा मात्र कोठामा राखिएको छ ।सोमबार जिल्ला प्रशासन कार्यालयमा गएको टोलीमा समाजका अध्यक्ष खनाल र महासचिव साहसंगै उपाध्यक्ष नन्दकिशोर यादव ,केन्द्रिय सदस्यहरु सोनाल गुप्ता ,लालबाबु गुप्ता, निर्मला कुशवाहा,नन्दनि गुप्ता लगायतकोपनि सहभागीता थियाो ।

वीरगन्जको बाल सुधार गृहमै गत भदांै २६ गते त्यहाँ रहेका बालकहरुबिच विवाद भई झडप हुदाँ ११ जना बालक र तीन जना प्रहरी घाइते भएका थिए ।

Related posts

वीरगन्जमा आयोजित कार्यक्रममा १०० जनाले गरे रक्तदान

MadhesKhabar

जिपि कोइराला फाउण्डेशनले नारायणी अस्पतालमा फलफूल बाड्यो

MadhesKhabar

मृगौला रोगबाट पिडित नाबाालक छोराको उपचारमा सहयोग गरि दिन बुबा आमाको गुहार

MadhesKhabar

Leave a Comment