Madhes Khabar
समाज

वीरगन्जमा आयोजित कार्यक्रममा १०० जनाले गरे रक्तदान

वीरगन्ज,७चैतःवीरगन्जमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन् ।वीरगन्ज पब्लिक कलेज(बिपिसी कलेज) र राउन्ड टेबल नेपालले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ महिलासहित १ सय जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा प्रेमा गुप्ता,सुरीता खड्गी,स्वीकृति मिश्रा,प्रियंका पटेल,जेनिशा लामा,सुरज जयसवाल,नेहा पटेल कुनाल श्रेष्ठ,कुनाल कार्की,मानष श्रेष्ठ लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति बृजकिशेर पटेल,मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, राउन्ड टेबल नेपालका विकास अग्रवाल र दिपल खन्कना, वीरगन्ज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठ, संयोजक बासु कर्ण लगायतकाकोपनि उपस्थिति रहेको थियो।

 

Related posts

ठोरी : मृतकका परिवारलाई कालिका लघुवित्त संस्थाद्धारा १० लाख ४० हजार बराबरको राहत प्रदान

MadhesKhabar

पत्रकार नेहाल खानकाे उपचारका लागि पत्रकार राघव साहले गरे ५१ हजार सहयाेग

MadhesKhabar

जन्मदिन ,वैवाहिक वर्षगाँठ जस्ता उत्सवहरु समाज सेवा गरेर मनाउने चलन बढ्दै

MadhesKhabar

Leave a Comment