Madhes Khabar
समाज हेडलाइन

छठ पूजाको उपलक्ष्यमा यसपालि पनि घडिअर्वा स्पोटर्स क्लबले रक्तदान कार्यक्रम गर्दै

वीरगन्ज,७कात्तिकः हरेक वर्ष छठ पूजाको उपलक्ष्यमा रक्तदान कार्यक्रम गर्दै आएको वीरगन्जको घडिअर्वा स्पोटर्स क्लबले यसवर्षपनि छठ पूजामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

यसवर्ष छठ पूजाको उपलक्ष्यमा कार्तिक ८ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको घडिअर्वा स्पोटर्स क्बलका अध्यक्ष सन्तोष साह कानुले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रम वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा पोखरी परिसरमा हुनेछ । कात्तिक ८ गते शनिबार बिहान ७.३० बजेदेखि सुरु हुने रक्तदान कार्यक्रम दिउँसोसम्म चल्ने अध्यक्ष कानुले बताए ।

नेपालकै साझा पर्वका रुपमा स्थापित हुदैं गएको छठ पूजाको उपलक्ष्यमा धार्मिक आस्थासंगै सामाजिक सेवाको भावले घडिअर्वा स्पोटर्स क्लबले हरेक वर्ष छठ पूजाको उपलक्ष्यमा रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए । कार्तिक ८ गते हुने रक्तदान कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान गरिदिनपनि उनले सम्पूर्णमा सार्वजनिक अपिलपनि गरेका छन् ।

Related posts

वीरगन्जका स्कुल, कलेज र मठमन्दिरका भवनमा मदिरा र सुर्तीजन्य पदार्थ बेच्न नपाइने

MadhesKhabar

पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

MadhesKhabar

भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात कर, अब नेपालमा महँगिने

MadhesKhabar

Leave a Comment