Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जमा करिब २ करोड मूल्यको काजु,ज्वानोसहितको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,१०साउनःवीरगन्जमा प्रहरीले झण्डै दुई करोड रुपैयाँ मुल्यको काजु, ज्वानो र इलेक्ट्रोनिक्स सामानसतिहको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

भारतबाट राजश्व छलेर ल्याइएको ती सामान तस्करीको रहेको आशंकामा प्रहरीले दुवै ट्रक वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोकबाट बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकबाट गरी १ करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ मूल्यको काजु, ज्वानो र इलेक्ट्रोनिक्स सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । ती सामान राजश्व छलीको रहेकाले सामानसहितका दुवै ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको उनले बताए ।

Related posts

एन प्याब्सनले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम

MadhesKhabar

परसवा गाेल्डकप फुटबलमा सेढवाकाे विजयी सुरुवात

MadhesKhabar

वीरगन्जको नारायणी क्रिकेट मैदानमा एलिट कपको तयारी तिब्र,मेयर सिंहले पनि गरे निरीक्षण

MadhesKhabar

Leave a Comment