Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जमा करिब २ करोड मूल्यको काजु,ज्वानोसहितको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,१०साउनःवीरगन्जमा प्रहरीले झण्डै दुई करोड रुपैयाँ मुल्यको काजु, ज्वानो र इलेक्ट्रोनिक्स सामानसतिहको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

भारतबाट राजश्व छलेर ल्याइएको ती सामान तस्करीको रहेको आशंकामा प्रहरीले दुवै ट्रक वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोकबाट बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकबाट गरी १ करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ मूल्यको काजु, ज्वानो र इलेक्ट्रोनिक्स सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । ती सामान राजश्व छलीको रहेकाले सामानसहितका दुवै ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको उनले बताए ।

Related posts

वीरगन्जबाट पोखरा जाँदै गरेको बस चुरीयामाईमा दुर्घटना, १७ जना घाइते

MadhesKhabar

अयाेध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनका लागि वीरगन्जबाट भक्तालु तथा दर्शनार्थी प्रस्थान

MadhesKhabar

वीरगन्जका वीरेन्द्र सोनारको हत्या उनकै श्रीमति र प्रेमीले गरेको खुलासा

MadhesKhabar

Leave a Comment