Madhes Khabar
मधेस प्रदेश हेडलाइन

बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा १० करोड बढिको भ्रष्टाचार भएको अख्तियारको ठहर

मधेसखबर
वीरगन्ज, १८ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारले सन्चालन गरेको मुख्यमन्त्री बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा करोडौंको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको सबै भन्दा बढि चर्चामा रहेको बेटी पढाउ बेटी बचाऔं कार्यक्रम अन्तर्गत कक्षाका ८ का छात्राहरुलाइ साइकल वितरणमा १० करोड ३३ लाख रुपैया भ्रष्टचार गरिएको निष्कर्ष अख्तियारको छ ।

उक्त कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरिएको अख्तियार स्रोतले बताएको छ । ।

‘अहिले विशेष अदालतमा आरोपपत्रको मस्यौदा रुजु गर्ने क्रम चलिरहेको छ’ अख्तियार स्रोतले भन्यो, ‘मुख्यमन्त्री कार्यालयका तत्कालीन प्रमुख सचिव सहित केही सरकारी कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनेछ ।’

 

Related posts

वीरगन्ज महानगरद्वारा सञ्चालित स्वास्थ्य ल्याबमा मेयर सिंहकाे छड्के अनुगमन

MadhesKhabar

पर्सामा सिके राउतकाे क्रेज : प्रह्लाद गिरि, करिमा, शशीकपुर पनि जनमत पार्टीमा प्रवेश

MadhesKhabar

वीरगन्ज महानगरपालिकाले सार्वजनिक गर्याे छात्रवृत्तिको नतिजा (नामावली सहित)

MadhesKhabar

Leave a Comment