Madhes Khabar
खेलकुद

यूएई माथि नेपालको सानदार जित

वीरगन्ज, ३ साउन : एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले सानदार जित हात पारेको छ ।श्रीलंकाको पी सारा ओभलमा मा बुधबार भएको खेलमा नेपालले यूएई ए लाई ३ विकेटले पराजित गरेको हो ।

यूएई ए ले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रामक पारीसहित अलराउन्ड प्रदर्शन गरेका हुन् ।

यूएई एका लागि मोहम्मद फराजुद्धिनले ५ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको थियो ।नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए ।

Related posts

प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट : आर्मीसंग सशस्त्र पराजित

MadhesKhabar

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्माथि इंग्ल्यान्डकाे फराकिलो जीत

MadhesKhabar

वीरगन्जमा जारी जय ट्रफी एलिट कप : पुलिससंग मधेसको लज्जास्पद हार

MadhesKhabar

Leave a Comment