Madhes Khabar
राजनीति हेडलाइन

विशेष महाधिवेशनबाट कांग्रेसकाे नयाँ नेतृत्व चयन :सभापतिमा गगन थापा, अरु पदाधिकारीमा काे काे ?

वीरगन्ज,३०पुस:नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन्।

 

काठमाडौं सम्पन्न दाेस्राे विशेष महाधिवेशनबाट निवर्तमान महामन्त्री थापा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।थापा, काठमाडौं-४ बाट २०७०,२०७४ र २०७९ काे निर्वाचनमा लगातार तीन पटक सांसदमा निर्वाचित भएका थिए।त्यसअघि २०६४ काे पहिलाे संविधानसभा निर्वाचनबाट उनि समानुपातिकतर्फबाट संविधान सभामा निर्वाचित भएका थिए।

 

यसैगरि कांग्रेसको दाेस्राे विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसालपनि निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलपनि सर्वसम्मतले निर्वाचित भएका छन्।

सहमहामन्त्रीमा बाराका फरमुल्लाह मन्सुर (मुस्लिम), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति),उदयशमशेर राणा (खस आर्य), योगन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) पनि निर्विरोध निर्वाचित भएका छन्।

Related posts

मधेसकाे मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त

MadhesKhabar

रौतहटमा रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु

MadhesKhabar

वीरगन्ज नाकाबाट हुने तस्करी रोक्न भन्सार कर्मचारी र सुरक्षा प्रमुखलाई अर्थमन्त्री पुनको निर्देशन

MadhesKhabar

Leave a Comment