Madhes Khabar
राजनीति

म मन्त्री बन्दिनँ : गगन थापा

काठमाडौँ,२८फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् ।

काठमाडौंमा आईतबार आर्थिक पत्रकार समाज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न नमिल्ने उल्लेख गरे । उनले सरकारलाई सफल बनाउन लाग्ने बताए । सरकार कति दिन टिक्यो भन्दा पनि के परिणाम निस्कियो त्यसको आधारमा सफलता मापन हुने पनि बताए ।

महामन्त्री थापाले भने,‘ मैले ५ वर्षको लागि पाएको जम्मेवारी भनेको सांसदको जम्मेवारी हो । मैले यो सबै कामहरु नेपाली काँग्रेसको महामन्त्री भएर गर्ने हो । त्यो कामहरु गर्छु । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरु उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो’

महामन्त्री थापाले राजनीतिक दलहरु खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न आग्रह गरे । उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लबबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहेपनि सरकारले नागरिकलाई सेवासुविधाहरु दिन सक्नुपर्ने बताए ।साभार : कान्तिपुर

Related posts

वीरगन्जमा आम जनता पार्टीका नेता कार्यकर्ताले गरे संविधानकाे अन्त्येष्टि

MadhesKhabar

भोलिदेखि चुनावमा सक्रिय हुँदै रवि लामिछाने, पहिलो चरण चितवन जाने

MadhesKhabar

वीरगन्जको गहवामा दर्जनौ युवाहरु रास्वपामा प्रवेश,पर्सा–१ का उम्मेदवार पन्तले गरे स्वागत

MadhesKhabar

Leave a Comment