Madhes Khabar
राजनीति

वीरगन्जको गहवामा दर्जनौ युवाहरु रास्वपामा प्रवेश,पर्सा–१ का उम्मेदवार पन्तले गरे स्वागत

वीरगन्ज,१८फागुनः वीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवाका दर्जनौ युवाहरु रास्वपामा प्रवेश गरेका छन् । पर्सा क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार हरि पन्तलाई समर्थन जनाउँदै गहवाका दर्जनौ युवाहरु सामुहिक रुपमा रास्वपा प्रवेश गरेका हुन् ।

वडा नम्बर ८ गहवाका युवाहरु साजन महरा, ध्रुव महरा, राहुल महरा लगायतका युवाहरु रास्वपामा प्रवेश गरेका हुन् । उनिहरुलाई रास्वपा उम्मेदवार पन्तले अबीर र टीका लगाएर पार्टीमा स्वागत गरे ।

पन्तले जेनजी युवाहरुको पार्टी प्रवेशले पर्सा–१ मा रास्वपाको जीत सुनिश्चित हुदैं गएको बताए ।उनले फागुन २१ को निर्वाचनमा सुझुबझका साथ जनताले मतदान गर्ने भएकाले फागुन २१ पछि यो मु्लुकमा ठूलो परिवर्तन हुने बताए ।

 

Related posts

माओवादी केन्द्र छाडेका नेता शर्मा जसपामा प्रवेश

MadhesKhabar

राष्ट्रिय युवा संघकाे मधेस प्रदेश अध्यक्षमा लव अधिकारी

MadhesKhabar

मधेस केन्द्रित दलहरुसंग संवाद र सहकार्यका लागि लोसपाले सोनलको संयोजकत्वमा बनायो समिति

MadhesKhabar

Leave a Comment