वीरगन्ज,४जेठःजनता समाजवादी पार्टी (जसपा) का वीरगन्ज महानगर समितिका उपाध्यक्ष लखनलाल गुप्ताले पार्टी नै परित्याग गरिएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा निवासी गुप्ताले जसपाको नगर उपाध्यक्ष पद र पार्टीको साधरण सदस्य दुवैबाट राजिनामा दिदै पार्टी परित्याग गरेका हुन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा राजिनामा पत्र पोष्ट गर्दै गुप्ताले भनेका छन् – विगत १७ वर्षदेखि पार्टीको सिद्धान्तलाई समर्थन गर्दै हरेक राजनीतिक संघर्ष र लडाईमा अहम भूमीका निर्वाह गर्दै आएको छु ।विगत केहि समयदेखि म आफनो निजी जिम्मेवारी र पारिवारिक व्यस्तताका कारण पार्टीको कार्य र जिम्मेवारी पुरा गर्न असमर्थ भएका कारण आजैका मितिदेखि जनता समाजवादी पार्टीको साधरण सदस्यसमेत नरहने गरी राजिनामा पेश गर्दछु ।


