Madhes Khabar
राजनीति

चुनावमा अन्तर्घात गर्ने कांग्रेस बाराका सभापति यादवमाथि कारबाही गर्न उम्मेदवार गुप्ताको माग

काठमाडौं,६ चैत :नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका श्यामबाबु गुप्ताले पनि जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन् ।

उनले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति यादवसहित सात जनामाथि अनुशासनको कारबाही माग गर्दै केन्द्रमा निवेदन दिएका छन् ।

उम्मेदवार गुप्ताको उजुरीमा जिल्ला उपसभापति अमिरिलाल पाल र संविधानसभा सदस्य शोभाकर पराजुलीको नाम पनि उल्लेख छ । निर्वाचन हराउनका लागिपरेका भन्दै गुप्ताले पत्रमा लेखेका छन्, ‘तत्काल यिनीहरूलाई पार्टीको सदस्यताबाट निलम्बन गरिदिन हुन अनुरोध गर्दछु ।’

यस्तै क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृवष व्रत सिंह, बारा–४ (ख) का सभापति सुमनकुमार भट्टराई र जितपुर–सिमरा नगरकार्यसमिति सभापति छाबिलाल शर्मा माथि पनि कारबाही गरिनुपर्ने उनको माग छ ।

यसअघि बारा–२ का उम्मेदवार रहेका भैयाराम प्रसाद यादवले पनि जिल्ला सभापति राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गरेका थिए ।

त्यसअघि बारा सभापतिसहितका १६ जनालाई निर्वाचनमा अन्तर्घात गरेको दाबीसहित बारा–३ को क्षेत्रीय कार्यसमितिले पनि केन्द्रसमक्ष सिफारिस गरेको थियो ।साभारःअनलाइनखबर

 

Related posts

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

MadhesKhabar

कलिकामाई गाउँपालिका–२ मा काँग्रेस उम्मेदवार रिजालको घरदैलो कार्यक्रम

MadhesKhabar

कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमतिमा के छ ?

MadhesKhabar

Leave a Comment