Madhes Khabar
राजनीति

‘रूख’ मा भोट हाल्न पाउनुपर्ने काँग्रेस जिल्ला सभापतिहरुले बुझाए देउवालाइ ज्ञापनपत्र

मधेसखबर
वीरगन्न्ज,२३ भदौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले ‘रूख’ मा भोट हाल्न पाउनुपर्ने मागसहित प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।

बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका सभापतिहरूका तर्फबाट धादिङ सभापति रामनाथ अधिकारीले बिहीबार बालुवाटार पुगेर पार्टी सभापति देउवालाइ ज्ञापन पत्र बुझाएका हुन्।

बागमती प्रदेशका विभिन्न जिल्लाका क्षेत्र कांग्रेसले सत्ता गठबन्धनका अन्य दललाई छाड्न लागेको छ।

सिट बाँडफाँट मिलाउन चुनौती देखिएका बेला कांग्रेसका जिल्ला सभापतिहरूले अरू दललाई जिल्लाका सबै प्रतिनिधि वा प्रदेश सभा क्षेत्र नछाड्न आग्रह गर्दै सभापति देउवालाई ज्ञापत्र पत्र बुझाएका हुन् ।
उनीहरूले संघ वा प्रदेशका कुनै क्षेत्रमा मतपत्रमा रूख चिन्ह हुनुपर्ने बताएका थिए।

कांग्रेसले केन्द्रीय समितिबाटै सत्ता गठबन्धनबीच तालमेल गरी चुनावमा जाने निर्णय गरिसकेको छ भने सिट बाँडफाँट गर्न कार्यदल पनि बनाएको थियो।

ज्ञापन पत्र बुझ्दै देउवाले सबैलाई मिलाएर लैजानुपर्ने अवस्था रहेको बताएका थिए।

Related posts

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

MadhesKhabar

पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको चुनावी अभियान तिब्र, श्रीपुरमा सम्पर्क कार्यालय सञ्चालन

MadhesKhabar

पर्सा ४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने युवा विधार्थीहरुको घोषणा

MadhesKhabar

Leave a Comment