वीरगन्ज,१८माघःपर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा नेकपा एमालेको चुनावी सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी अभियानलाई तिब्रता दिएको नेकपा एमालेले सोमबारदेखि वडा नम्बर ११ श्रीपुरस्थित त्रिमूर्ति सिनेमा हल नजिक चुनावी सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी एमालेका नेताहरुले पर्सा–१ मा एमालेप्रति बढ्दो जनसमर्थनले उम्मेदवार प्रदीप यादवको जित सुनिश्चित हुदैं गएको दाब िगरे । विकास, सुशासन र समृद्धिको स्पष्ट दृष्टिकोण बोकेका नेता प्रदीप यादव नै भएको भन्दै उनले भने,‘ बोल्ने मात्र होइन, गरेर देखाउने नेतृत्व चाहिएको छ, र त्यो क्षमता प्रदीप यादवसंग मात्रै छ ।’

