वीरगन्ज,१८पुसःनेपाली कांग्रेस निकट निर्माण व्यवसायीहरुको संगठन लोकतान्त्रिक निर्माण व्यवसायी संघ पर्साको प्रथम जिल्ला भेला एवं अधिवेशन वीरगन्जमा शुक्रबार सम्पन्न भएको छ ।
वीरगन्ज–२४ रामगढवास्थित नेपाली काँग्रेस पर्साको पार्टी कार्यालयमा सम्पन्न भेलाले उमेश बहादुर क्षेत्रीको अध्यक्षतामा लोकतान्त्रिक निर्माण व्यवसायी संघ पर्साको जिल्ला कार्यसमिति गठन गरेको छ ।यस्तै उपाध्यक्षमा पुरुषोत्तम पटेल र प्रदीप कुमार साह, महासचिवमा सुबोध कुमार पाण्डे,उपमहासचिवमा दिलिप कुमार चौरसिया,कोषाध्यक्षमा सन्तोष पटेल र सहकोषाध्यक्षमा अर्जुनकुमार पटेल चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा नरेश चौरसिया, विजय साह कानु,प्रेमचन्द्र पटेल, राजिय यादव,प्रशान्त कलवार, अजिव आलम,खेमराज चौरसीया र महिला सदस्यमा मृदुला मण्डलपनि सर्वसम्मत चयन भएका छन् ।
नेपाली कांग्रेस पर्साका सभापति एंव मधेस प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यता तथा कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भेलामा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, नेपाल निर्माण व्यवसायी संघ पर्साका पूर्वअध्यक्ष रमाकान्त चौरसिया, कांग्रेस क्षेत्रीय सभापति श्रीकृष्ण चौहान लगायतकाकोपनि सहभागिता थियो ।

