Madhes Khabar
राजनीति

बजेट ल्याइएको हाेइन , लुटिएको हाे : सिके राउत

फाइल फाेटाे

काठमाण्डाै,१असार : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभई लुटिएको टिप्पणी गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभई लुटिएको बताएका हुन् । उनले बैंक लुटे जसरी ‘चार यार’ हरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको आराेप लगाए ।

उनले भने, ‘समग्रमा बजेट विनियोजनमा मात्रै चिन्ता नभएर समग्र व्यवस्थामाथि नै प्रहार भएको हो कि, संसदमाथि नै प्रहार भएको हो कि भन्ने कुराले बढी चिन्ता मलाई लागेको छ । यसो हेर्दा बजेट लुटिएको होजस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन । जसरी बैंक लुट्दाखेरी चार यारहरूले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरूले लुटेर गएकाजस्ताे देखिन्छ । बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ । चार यारहरू मिलेर, अँध्यारोमा गएर बाँडफाँट गरेकोजस्तो स्पष्टरूपमा देखिन्छ । यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । वैशाखमा बारामा मत पेटिका लुटे । जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ ।’

अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताए । उनले एक महिना बहस हुँदा पनि बजेटमा ‘कमा’ र ‘फुलस्टप’ समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद् र सांसदहरूको निरीहता भएको बताए । उनले बजेट योजना र दृष्टिविहीन भएको जिकिर गरे ।

Related posts

जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन उपेन्द्र यादवकाे आग्रह

MadhesKhabar

सीके राउत भन्छन् : मधेस सरकारले ल्याएको बजेटमा असन्तुष्टि छ, तर तत्कालै सरकार छाड्दैनौं

MadhesKhabar

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा पूर्वमन्त्रीप्रभु साहकाे पार्टी आजपामा प्रवेश

MadhesKhabar

Leave a Comment