Madhes Khabar
राजनीति

जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन उपेन्द्र यादवकाे आग्रह

बारा,३०चैत: जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका छन् ।

बिहिबार बाराको करैयामाई गाउँपालिकामा आयोजित जनता दर्शन तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका यादवले सामाजिक एकता र सद्भाव भड्काउने तत्व सक्रिय भएर लागेकोले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका हुन् ।

यादवले जातिय र साम्प्रदायिक नारा लगाएर समाजमा हिंसा भड्काउन खोज्ने तत्वहरुलाई भोट मार्फत् जवाफ दिन आग्रह गरे । उनले भने, ‘जातीयताको कुरा गरेर जनतालाई भड्काउने र सामाजिक एकता र सद्भाव विथोल्नेहरुबाट सावधान रहनुपर्छ, यसले न त त्यस्ता व्यक्तिको हित गर्छ न त समाजलाई ।’

परिवर्तनकारी शक्तिहरुको कठोर संघर्ष तथा मधेस विद्रोहकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएकोले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनले बताए ।

संघीयता विरोधी शक्तिहरु विभिन्न नाममा सल्बलाई रहेकोले आमजनता सचेत रहनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने, ‘प्राप्त उपलब्धिहरुको रक्षा गर्न तथा बाँकी अधिकारहरुको सुनिश्चितताका लागि संघर्ष गर्नु आवश्यक छ, त्यसैले झुठा भ्रम फैलाएर मिठा सपना बाँड्ने तत्वहरुको पहिचान गरौं ।’

देश र मधेशका लागि कसले के गरे ? कतिको संघर्ष गरे? कसको कति योगदान छ? कसको संघर्षले के परिवर्तन आएको हो? यसको लेखाजोखा न्यायप्रेमी जनताले गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘हावादारी कुरा गरी भ्रम फैलाउनेहरुले जनताको मुक्तिकालागि के गरेका छन् ? जनताले के पाएको हो ?हाम्रा भावी सन्ततीलाई कहाँ लग्दैछ ?’।

Related posts

अजय चौरसियालाई जिताउन राजेन्द्र बहादुर अमात्य पनि उत्रिए चुनावी प्रचारमा

MadhesKhabar

सिके राउत को हुन् ? कहाँबाट परिचालित छन् ? यो खोज्नु पर्छ : उपेन्द्र यादव

MadhesKhabar

बारा २ मा मतगणना बिहान ११ बजेदेखि सुरु हुने

MadhesKhabar

Leave a Comment