Madhes Khabar
राजनीति

काठमाडौंमा राजेन्द्र महताेले गरेकाे प्रदर्शनमा प्रहरीसंग झडप

काठमाडौं,१६फाल्गुन:काठमाडौंकाे माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको छ।

बुधबार डिल्लीबजारमा भेला भई उनीहरुले भद्रकालीमा पुगी आन्दोलन गरेका हुन्। उनीहरुले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन्।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो।त्यसक्रममा महतो घाइते भएका छन् ।

कमलपोखरीबाट निस्केको जुलुस भद्रकाली पुगी निषेधित क्षेत्र तोड्न खोज्दा सुरक्षाकर्मीसँगको धक्कामुक्कीमा नेता महतो घाइते भएका हुन् ।

क्रान्तिका नेता सञ्जय सिँहका अनुसार नेता महतोको देब्रे कुहिना र हातमा चोट लागेर रगत बगेको छ ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र खुला गर, लोकतन्त्रमा जनताको आन्दोलन गर्ने अधिकार रक्षा गर, निषेधित क्षेत्रको नाममा हाम्रो मुख बन्द गर्न पाइँदैन, निषेधित क्षेत्र खारेज गर, राष्ट्रिय मुक्ति क्रान्ति, हामीलाई रोक्ने तिमी को हो ? गृहमन्त्री राजीनामा दे लगायतका प्लेकार्ड र नारा लगाइ विरोध प्रदर्शन गरेका हुन्।

Related posts

प्रदीप यादवलाई समर्थन जनाउँदै कांग्रेसका पुराना नेता यादव एमालेमा प्रवेश

MadhesKhabar

उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा

MadhesKhabar

म बोल्ने भन्दापनि काम गरेर देखाउने मान्छे हुँ : मन्त्री गुप्ता

MadhesKhabar

Leave a Comment