वीरगन्ज, फाल्गुन ३: पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार तीव्र बन्दै गएको छ। विभिन्न वडाका दुई दर्जन जेनजी पुस्ताका युवाहरू आजदेखि जनमत पार्टीमा प्रवेश गर्दै हरन छापलाई विजय गराउन प्रतिबद्धता जनाएका छन्।
वीरगन्ज महानगरपालिका वडा नं. २० का शत्रुधन यादव र वडा नं. १३ का प्रन्जल ठाकुरको नेतृत्वमा युवाहरू स्वस्फूर्त रूपमा पार्टी प्रवेश गरेका हुन्।
नवप्रवेशी युवाहरूलाई पर्सा क्षेत्र नं. १ का जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फले स्वागत गर्दै युवाहरूको सक्रिय सहभागिताले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा पार्टी नेताहरू रम्भा मिश्र, भुपेन्द्र साह, डा. मनोज कुमार, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, युवा महानगर अध्यक्ष अजित सिंह लगायतले नवप्रवेशी युवाहरूलाई टीका लगाएर स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्ने युवाहरूले परिवर्तन, विकास र नयाँ नेतृत्वको पक्षमा जनमत पार्टीलाई जिताउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

