Madhes Khabar
राजनीति

सीके राउत भन्छन् : मधेस सरकारले ल्याएको बजेटमा असन्तुष्टि छ, तर तत्कालै सरकार छाड्दैनौं

फाइल तस्बिर ।

जनकपुरधाम,१५असारःजनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी आथिथृक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सरकारले ल्याएको बजेटप्रति आँफुहरुको असन्तुष्टि रहेपनि तत्कालै सरकार भने नछाड्ने बताएका छन् ।

सप्तरीको बलान बिहुल गाउँपालिकामा कृषि विद्युतीकरण योजनाको अवलोकन गर्न पुगेका अध्यक्ष राउतले जनमत पार्टीले कृषक हितमा दीर्घकालीन योजना ल्याएकोमा ती योजनाहरू बजेटबाट हटाइएकाले असन्तुष्टि व्यक्त गर्नु परेको बताए ।

‘जनमत पार्टी जनताको पक्षमा उभिने पार्टी हो । कृषकसहित जनताको भलाइ हुने दीर्घकालीन योजना ल्याएका थियौं’, उनले भने, ‘तर तीमध्ये धेरैजसो योजना बजेटबाट हटाइए । त्यसैले हामी असन्तुष्ट भएका हौं, तर अहिल्यै सरकार छाड्ने निर्णय गरेका छैनौं ।’
अध्यक्ष राउतले संघीय लोकतान्त्रिक मोर्चा संविधान संशोधनको एजेन्डामा केन्द्रित ‘लुज एलायन्स’ मात्रै भएको औंल्याए ।

उनले भने, ‘कोही दल सरकारमा जाने कि नजाने, समर्थन दिने कि फिर्ता लिने भन्ने विषय मोर्चामा औपचारिक रूपमा छलफल भएको छैन । मोर्चाको मूल उद्देश्य संविधान संशोधनकै लागि दबाब सिर्जना गर्नु हो ।’ उनले संविधान संशोधनबारे मोर्चाभित्र लगातार छलफल भइरहेको जानकारी दिए । साभारः नेपालप्रेस

Related posts

बारा ४ मा सत्ता गठबन्धन अगाडि

MadhesKhabar

बारा ४ मा किसान र सोनललाई जिताउन काँग्रेस शीर्ष नेताहरु पनि खुलेर लागे

MadhesKhabar

नेविसंघले पर्साका १४ वटै पालिकामा खटायो प्रतिनिधी

MadhesKhabar

Leave a Comment