Madhes Khabar
राजनीति

गगन थापा भन्छन् : प्रधानमन्त्री हुन्छु भन्ने आभास भइरहेको छ

काठमाडौं,२६ फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सूरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् ।

अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता भएका थिए। प्रधानमन्त्री नआउनु भएको हुनाले आज अन्तिम वक्ता भए, हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको होकि भन्ने लागेको महामन्त्री थापाको भनाइ थियो।

उनले राजनीतिज्ञहरुलाई अर्थशाष्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशाष्त्रीहरुलाई आग्रह गरे । महामन्त्री थापाले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशाष्त्रीहरुले गाली गर्ने गरेको गुनासो पनि गरे ।

उनले भने, ‘आज प्रधानमन्त्रीजी अरु केही व्यवस्तताका कारण आउन पाउनु भएन । हिजो सभागृहमा यस्तै कार्यक्रम थियो । मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो । पार्टी सभापति आईपुग्नु भएन । त्यसपछि अन्तिम वक्ता म भए । आज प्रधानमन्त्री आईपुग्नु भएन । अन्तिम वक्ता म भए । सब्सिच्यूट भइराख्या छु । त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु।’

महामन्त्री थापाले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि अर्थशाष्त्रीहरुले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराए ।साभार : अनलाइनखबर

Related posts

मधेसीलाई पहिचानसंगै सम्मान दिलाउने जसपा नेपाल बारा–४ मा जित्नुपर्छ : पूर्वमुख्यमन्त्री सोनल

MadhesKhabar

कांग्रेस सभापति थापाको संकल्प : बदल्यौं कांग्रेस, बदल्छौं देश

MadhesKhabar

बिन्दवासिनीमा जसपा नेपालका अध्यक्षसहितका नेताहरु जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment