Madhes Khabar
राजनीति

जसपा गौर हत्याकाण्डका दोषीलाई बचाउने खेलमा लाग्यो : प्रभु साह

काठमाडौं,२६साउन: आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जसपा गौर हत्याकाण्डका दोषीलाई बचाउने खेलमा लागेको आरोप लगाएका छन् । गौर घटनाको विषयमा शुक्रबार जसपाले आयोजना गरेको पत्रकार सम्मेलन पछि अध्यक्ष साहले एक प्रेस नोट सार्वजनिक गर्दै सो प्रतिक्रिया दिएका हुन् ।

साहले गौर हत्याकाण्डको छानबिनलाई प्रभावित पार्न जसपाले फेरि नयाँ खेल शुरू गरेको आरोप लगाएका छन् ।

साहले जारी गरेकाे विज्ञप्तिमा गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिले वर्षौदेखि ओझेलमा रहेको गौर हत्याकाण्डको छानबिन सुनिश्चित भएको र त्यसलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले विभिन्न बाहना, जालझेल एवं षड्यन्त्रपूर्ण धम्की दिएको उल्लेख छ ।

घटनालगतै पुनरावेदनका बहालवाला न्यायाधीशको नेतृत्वमा बनेको उच्चस्तरीय आयोग र मानवधिकार आयोगको दिएको प्रतिवेदनलाई अस्वीकार गरेर संसदीय छानबिन समिति गठनको माग गर्ने जसपाको जनता झुक्याउने खेल भएको आरोप साहले लगाएका छन् ।

उनले २१ औ शताब्दीको कानुनी शासनको युगमा जंगलराजको मागलाई कुनै पनि हिसाबले सही मान्न नसकिने र सरकारले दण्डहिनताको अन्त्य गर्न गौर हत्याकाण्डको छानबिन गर्नैपर्नेमा जोड दिएका छन् ।

Related posts

दिल्ली पुगेर सिके राउतले भेटे भाजपाका नेतालाई

MadhesKhabar

पर्साका कांग्रेस नेताहरुले सभापति देउवालाई भेटेर मधेसका किसानका समस्याबारे गराए ध्यानाकर्षण

MadhesKhabar

ठोरी गापा बोर्ड बैठकको पहिलो निर्णय -क्यान्सर, मृगौला र मुट रोगीलाई १५ हजार दिने

MadhesKhabar

Leave a Comment