Madhes Khabar
राजनीति

रास्वपाकाे पदाधिकारीमा मधेसी,दलित र जनजाति समुदायको प्रतिनिधित्व शून्य

तस्बिर :राजु चाैधरी/कान्तिपुर टिभी ।

चितवन,१२असार: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि पदाधिकारी तहमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य देखिएको छ ।

महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ नेतामा बालेन्द्र शाह यसअघि नै निर्विरोध मनोनीत भइसकेका छन् । पदाधिकारीतर्फ भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम विजयी भएका छन्।

महामन्त्रीमा विपिनकुमार आचार्य ६७३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी मनिष झाले ३४६ मत प्राप्त गरे भने गणेश कार्कीले १६९, सागर ढकालले १३९ र उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी रञ्जु दर्शनाले ३४ मत प्राप्त गरिन्।

सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी भएका छन् भने महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन्। सहमहामन्त्री पदका उम्मेदवार हिमेश पन्तले सबैभन्दा कम ५३ मत प्राप्त गरेका छन्।

नयाँ नेतृत्वमा सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित सात सदस्यीय पदाधिकारी टोली बनेको छ। तर उक्त टोलीमा दलित, जनजाति र मधेसी समुदायबाट कुनै पनि प्रतिनिधि निर्वाचित हुन नसकेपछि समावेशिताको विषयमा प्रश्न उठ्न थालेको छ।

रास्वपाले आफूलाई वैकल्पिक र समावेशी राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको भए पनि पहिलो महाधिवेशनबाट चयन भएको पदाधिकारी टोलीमा ती समुदायको प्रतिनिधित्व नदेखिएको विषय अहिले चर्चा र बहसको केन्द्र बनेको छ।साभार:खबरहब

Related posts

ठाकुरराम क्याम्पसमा १६ बर्षपछि भयाे स्ववियु चुनाव ,खस्याे ४० प्रतिशत मत

MadhesKhabar

म कानुनमन्त्री भएकै बेला आमाको नामबाट नागरिकता दिने कानुन पास भएको हो : पूर्वमन्त्री चैरसिया

MadhesKhabar

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

MadhesKhabar

Leave a Comment