Madhes Khabar
राजनीति हेडलाइन

ठाकुरराम क्याम्पसमा १६ बर्षपछि भयाे स्ववियु चुनाव ,खस्याे ४० प्रतिशत मत

वीरगन्ज,०५चैत:वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि भएको स्ववियु निर्वाचनमा ४० प्रतिशत मात्रै मतदान भएको छ।ठाकुरराम क्याम्पसमा यसअघि २०६३ सालमा  स्ववियु निर्वाचन भएको थियाे।उक्त निर्वाचनबाट निर्वाचित स्ववियु पदाधिकारी र सदस्यकाे कार्यकाल २०६५ सालमा सकिएको थियाे ।त्यस यता ठाकुरराम क्याम्पसमाभने स्ववियु निर्वाचन नै हुन सकेको थिएन।
मंगलबार बिहान १० देखि साँझ ५.३० बजेसम्म भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार २९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले जानकारी दिए।मंगलबार बिहान ८ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि तयारी पूरा नभएका कारण बिहान १० बजेदेखि मात्रै मतदान सुरु भएको थियाे।
ठाकुरराम क्याम्पसमा स्ववियु सभापति पदका लागि विभिन्न दल निकट र स्वतन्त्र समूहबाट गरि १४ जना चुनावी प्रतिस्पर्धामा छन्।प्रत्यक्षतर्फ सभापति,सचिव र काेषाध्यक्ष र ११ सदस्य तथा समानुपातिकतर्फ १० सदस्य गरि कूल २१ पदका लागि २४७ जनाकाे उम्मेदवारी परेको थियाे।
प्रमुख निर्वाचन अधिकृत सिंहले मंगलबार राति १० बजेदेखि मतगणना सुरु गरिने जानकारी दिए। सुरक्षा निकायका प्रमुखर स्ववियु सभापतिका १४ जना उम्मेदवारहरुकाे सहमतिमा मतगणना राति १० बजेदेखि सुरु गर्ने निर्णय गरिएको जानकारी उनले दिए।

Related posts

गरिब विद्यार्थीलाई छात्रवृति र बिरामीको उपचारमा सहयोगका लागि दास परिवारले दियो ५ लाख ५५ हजार 

MadhesKhabar

१० गाँउमा दुर्गन्ध फैलाएको शीवम् लेयर्स फार्म बन्द नहुदा गाँउले थप आक्रोशीत

MadhesKhabar

मन्त्री यादवको पहलमा पर्साका दर्जनौ नेताकार्यकर्ता जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment