Madhes Khabar
राजनीति

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

वीरगन्ज,१२फागुनःपर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले मंगलबार वीरगन्ज महानगर र पर्सागढी नगरपालिकाका विभिन्न वडाहरुमा चुनावी घरदैलो गरेका छन् ।

कांग्रेसका नेताकर्यकर्ता र समर्थकहरुका साथ चौरसियाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर २७ को जसौली र उदयपुरघुर्मी तथा पर्सागढी नगरपालिकाको वडा नम्बर ५ पचरुखी र वडा नम्बर ८ हरपुरमा घरदैलो गर्दै मतदातासंग संवादपनि गरेका हुन् ।

त्यसक्रममा कांग्रेस उम्मेदवार चौरसियाले कांग्रेस देश र नेताहरुको घर जलाउने पार्टी नभएको बताए । उनले भने,‘ जेनजी आन्दोलनमा घुसपैठ गरेर देश जलाउने को थिए ? सर्वोच्च अदालत, सिंहदरबार, पार्टी कार्यालयहरु, नेताका घरहरु जलाउने को थिए ? ती जेनजीहरु पक्कै थिएन् । उनिहरु घु्सपैठीया थिए । देश जलाउनेहरुलाई जनताले चिनिसकेका छन् । यसको इन्साफ जनताले यहि चुनावमा गर्नेवाला छन् ।’

कांग्रेस उम्मेदवार चौरसियाले देश जलाउने र जलाएकोमा खुशीयाली मनाउनेहरुले अहिले देशलाई समृद्ध बनाउने भाषण गर्दै हिड्नु हास्यास्पद भएको टिप्पणी गरे ।

उनले कांग्रेसकै पालामा मुलुकले विकासमा फड्को मारेको भन्दै पर्सा जिल्लामा बनेका ठूला ठूला पुल, पक्की सडक , विद्यालय,अस्पतालहरु पनि कांग्रेसकै सरकारका पालामा बनेको मतदाताहरुलाई बताए । त्यसका कारण फागुन २१ को निर्वाचनमा कांग्रेसलाई मत दिएर जिताउन उनले आग्रह गरे ।

चुनावी घरदैलो कार्यक्रममा वीरगन्ज–१७ का वडाध्यक्ष हृदयनारायण कुर्मी, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव,कामेश्वर मिश्रा लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

पूर्वमन्त्री रिजालले भने : युवा नेतृत्वले सम्हालेको कांग्रेसप्रति जनताको आशा र भरोसा बढेको छ

MadhesKhabar

वीरगन्जमा राजवादीहरुद्वारा केपी ओलीको पुत्ला दहन

MadhesKhabar

कांग्रेस नेतृ मिश्रा जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment