Madhes Khabar
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाण्डौं ,१८ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाली नागरिकको तर्फबाट युवराज पौडेल(सफल)ले आयोग समक्ष उजुरी दिएका हुन् ।

निवेदनमा भनिएको छ,’निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको रास्वपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासको माघ १३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको निजले दल दर्ता गर्दा एबम् संसद्को उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनः अवैधानिक रहेको पुष्टि हुन्छ ।’

अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले दल खोल्ने निर्णय गरेकाले सो हस्ताक्षर अवैध ठहर भएको निवेदनमा भनिएको छ । गैरनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य भएको कारण रास्वपा खारेज हुनुपर्ने माग गरिएको छ ।साभार ः अन्नपूर्ण पोष्ट

 

 

Related posts

खानेपानी मन्त्री यादवलाई बदनाम गर्नेलाई कारबाही गर्न स्थानीय प्रशासनसंग जसपाको माग

MadhesKhabar

सत्तागठबन्धन टुट्दैन , राष्ट्रपति एमालेकै बन्छ : एमाले उपमहासचिव गुरुङ

MadhesKhabar

मधेसी दलहरुसहितकाे संघीय लोकतान्त्रिक मोर्चा घोषणा

MadhesKhabar

Leave a Comment