Madhes Khabar
राजनीति हेडलाइन

निर्वाचन आयाेगले नेपाली कांग्रेसको गगन थापा समूहलाई दियाे मान्यता

काठमाडौं,२माघ:निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।

अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।

निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।साभार:अनलाइनखबर

Related posts

उपेन्द्र यादवलाइ प्रचण्ड सचिवालयको चेतावनी

MadhesKhabar

वीरगन्जमा १ वर्षअघि विहे भाँडिएको प्रकरण : बेहुलासहितका ५ जनालाई ६/६ महिना कैदको फैसला

MadhesKhabar

पर्सामा पेस्तोल र गाेलीसहित २ जना पक्राउ

MadhesKhabar

Leave a Comment