Madhes Khabar
स्थानिय हेडलाइन

सर्वाेच्च अदालतमा वीरगन्जकाे मेनराेड विस्तार मुद्दाको अर्काे पेशी असाेज २२ गते

वीरगन्ज ,३१जेष्ठ : सर्वोच्च अदालतमा बुधबार हेर्न नभ्याइनेमा राखिएको वीरगन्जको मुख्य सडक (मेनराेड) विस्तारको मुद्दामाको अर्को पेशी आगामी असोज २२ गतेका लागि तोकिएको छ ।

त्रिभूवन राजपथअन्तर्गत वीरगन्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक हुँदै मितेरीपुलसम्मको सडक दाँयाबाँया २५/२५ मिटर फराकिलो गर्ने मुद्दाको आज बुधबार राखिएको पेशी हेर्न नभ्याईएपछि अर्को पेशीको मिति असोज २२ गते तोकिएको हो।

मुद्दा सर्वोच्च अदालतका न्यायधिशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दा क्रम सङ्ख्या ६, ७ र १७ नम्बरमा परेको थियो । तर, अहिले उक्त पेशी हेर्न नभ्याइनेमा राखिएको छ । बुधबार दिउँसो खाजापछि पेशी हेर्ने भनिएपनि खाजापछि अन्य मुद्दा पनि हेर्न बाँकी रहेको हुँदा हेर्न नभ्याइनेमा राखिएको हो ।

लगभग साढे तीन वर्षअघि वीरगन्जको मेनरोड अतिक्रमण सडक विभागले हटाउने सूचना जारी गरेपछि मेनरोडवासीहरूले सोविरुद्ध सङ्घर्ष समिति बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सडक विभागले विगत ३० वर्षदेखि वीरगन्जको मेनरोडको अतिक्रमण हटाउने भनेर सूचना जारी गर्दा पनि अतिक्रमण हटाउन सकेको छैन ।

पछिल्लो समयमा अन्तिमपटक सूचना भनेर ३५ दिने सूचना जारी गरेको सडक विभागविरुद्ध मेनरोडका बासिन्दाहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अहिलेसम्म मुद्दाको पेशी हुन सकेको छैन। कैयौंपटक पेशी सूचीमा चढे पनि समय अभाव भन्दै पेसी सर्दै आएको छ ।

बुधबारको पेशी नभ्याइने भएपछि अर्को पेशीको मित चार महिना पछि राखिएको हो । योसमेत गरी पछिल्लो तीन वर्षमा १८ चोटि पेशी सरिसकेको छ ।

Related posts

पर्साकाे ठाेरीमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

MadhesKhabar

पर्सा १ मा प्रदीप यादव प्रतिको आकर्षण बढ्दै, पूर्व वडाध्यक्ष ग्यासुदीन मियाँ जसपा प्रवेश

MadhesKhabar

वीरगन्जमा दाइजोबिना विवाह गरेका दुई दम्पति विवाहस्थलमै सम्मानित

MadhesKhabar

Leave a Comment