Madhes Khabar
स्थानिय हेडलाइन

गाेपाल गिरी पत्रकारिता पुरस्कार प्रेस युनियनका श्रेष्ठले पाउने

पत्रकार पंकज श्रेष्ठ ।

वीरगन्ज,२८पुष: यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार पंकज श्रेष्ठले पाउने भएका छन् ।

आइतबार बसेकाेलनेपाल पत्रकार महासंघ पर्सा शाखाकाे कार्यसमिति बैठकले कान्तिपुर टेलिभिजनमा कार्यरत श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले जानकारी दिए ।श्रेष्ठ नेपाल प्रेस युनियनका साधरण सदस्यपनि हुन्।

 

उक्त पुरस्कार आगामी माघ १ गते औपचारिक कार्यक्रमका बीच श्रेष्ठलाई प्रदान गरिने पत्रकार महासंघ पर्साका सचिव विजय चाैहानले जानकारी दिए ।

स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले हरेक वर्ष उक्त पुरस्कार वितरण गर्दै आएको छ ।स्व.गोपाल गिरीकाे परिवारसँगको सहकार्यमा स्थापीत पुरस्कारको राशी अहिले ५१ हजार रुपैयाँ छ ।

यो पुरस्कारबाट यसअघि बृजलाल पासवान,शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।

पत्रकार महासंघ पर्साकाे आइतबार बसेकाे बैठकले समाचार लेखेकै कारण कानुनी समस्यामा पर्ने पर्साका पत्रकारहरुलाई कानुनी प्रकृयामा सहजीकरणका लागि नेपाल बार एशाेसियसन पर्सा र पत्रकार महासंघ पर्सा शाखाबीच सम्झाैता गर्ने निर्णयपनि गरेकाे सचिव चाैहानले जानकारी दिए।

Related posts

केटासंग छुट्याएर घर ल्याइएकी युवतीको शव जंगलमा जलाइएको अवस्थामा बरामद

MadhesKhabar

वीरगन्जको आइसिपी भन्सार नाकाबाट भारतमा गाँँजा तस्करी

MadhesKhabar

पथलैया–निजगढ सडकखण्डमा कार र ट्रिपर ठोक्कीदा २ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment