Madhes Khabar
हेडलाइन

केटासंग छुट्याएर घर ल्याइएकी युवतीको शव जंगलमा जलाइएको अवस्थामा बरामद

मधेसखबर
वीरगन्ज,१२ साउन :पर्सा प्रहरीले जंगलमा एक युवतीको शव जलाएको अवस्थामा बरामद गरेको छ ।पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ भवानीपुरका खेमराज दासकी छोरी २० वर्षिया सीमा कुमारीको शव , गाँउ नजिकैको जंगलमा जलाएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

प्रहरीले मृतक युवती सीमाकी आमालाइ नियन्त्रणमा लिएको छ भने उनका बुबा खेमराज सहित परिवारका अन्य सदस्य भने घर छोडेर फरार भएका छन् ।

प्रहरी नायव उपरिक्षक प्रहलाद कार्कीका अनुसार , भवानीपुर गाँउ नजिकैको जय माँ जगदम्बा सामुदायिक वनमा सीमाको शव उनका परिवारका सदस्यले बुधबार राति जलाएको सुचना बिहीबार बिहान प्रहरीलाइ गाँउलेले दिएका थिए ।
त्यहि सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले शव जलाइएको स्थानमा पुगेको थियो । घटनास्थलबाट जलि सकेको शवका अवशेषहरु संकलन गरि पोष्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिए ।

मृतककी आमालाइ सोधपुछका लागि नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरु भने घर छाडेर फरार रहेकाले उनिहरुको खोजी भइरहेको कार्कीले बताए ।

घटना के हो ?

मृतक युवती सिमाका छिमेकीका अनुसार , सिमा र गाँउकै यादव थरका एक युवक बिच केहि समय देखि प्रेम सम्बन्ध थियो । एक हप्ता पहिले दुवै विहे गर्नका लागि घर छाडेर भागेका थिए । त्यसपछि युवतीका अभिभावकले सम्झाइ बुझाइ गरि सीमालाइ घर फर्काएका थिए ।

घरमा ल्याए देखि नै उनिहरुले सीमालाइ मानसिक र शारिरिक यातना दिदै आएका थिए । बुधबार राति सीमालाइ उनका अभिभावकले निर्घात क्ुटपिट पनि गरेको छिमेकीहरुले बताएका छन् ।

बिहीबार जंगलबाट सीमाको जलिसकेको शव बरामद गरेपछि प्रहरीले नियन्त्रणमा लिएकी सीमाकी आमाले छोरीले घरमै पासो लगाएर आत्महत्या गरेकाले प्रहरीको डरले आफुहरुले कसैलाइ थाहा नदिइ जंगलमा लगेर शव जलाएको बयान दिएको प्रहरीले जनाएको छ ।प्रहरी नायव उपरिक्षक कार्कीले भने घटना बारे अनुसन्धान भइरहेको बताए ।

Related posts

ब्रिटिश फौजलाई गोर्खालीले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

MadhesKhabar

तलब नपाएको भन्दै वीरगन्जका निजी विद्यालयका शिक्षकले मेयर सिंहलाई गुहारे

MadhesKhabar

ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब

MadhesKhabar

Leave a Comment