Madhes Khabar
समाज हेडलाइन

जेनजी आन्दोलनका शहिदहरुको स्मृतिमा वीरगन्ज जेसीजद्वारा आश्रममा फुलको गमला वितरण

वीरगन्ज,९असोजःजेजनी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको स्मृतिमा वीरगन्ज जेसीजले मानव सेवा आश्रम शाखामा फुलको गमला प्रदान गरेको छ ।आफ्नो ५३ औं स्थापना दिवसको अवसरमा वीरगन्ज जेसीजले जेनजी आन्दोलनका ‘एक शहिद एक फुलसहितको गमला’ नाराका साथ मानव सेवा आश्रम वीरगन्ज शाखालाई ७५ थान फुलसहितको गमला प्रदान गरेको हो ।

बुधबार साँझ मानव सेवा आश्रम वीरगन्ज शाखामै आयोजित कार्यक्रममा वीरगन्ज जेसीज २०२५ का अध्यक्ष सरोज चौरसियाले आश्रम वीरगन्ज शाखाका संस्थापक देवश गुप्तालाई फुलसहितको गमला प्रदान गरे ।

उक्त कार्यक्रममा अध्यक्ष चौरसियाले सुशासन र परिवर्तनका लागि भएको जेनजी आन्दोलनका शहिदहरुको बलिदानलाई नमन् गर्दै जेनजी आन्दोलनपछि युवा पुस्तामाथि देशको अभिभारा अझ थपिएको बताए ।वीरगन्ज जेसीजले आफ्नो स्थापना दिवस समाज सेवा गरेर मनाउँदै आएको स्मरण गराएादैउनले त्यसलाई यसवर्षपनि निरन्तरता दिएको बताए ।

मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले युवाहरुको संस्था जेसीजले समाजमा दिदैं आएको योगदान सराहनीय रहेको बताए ।

चौरसियाकै अध्यक्षता तथा समाजसेवी पशुपतिविक्रम शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी उषा शाह,वीरगन्ज जेसीजका पूर्वअध्यक्षहरु गणेशमान श्रेष्ठ,निशान्त लामिछाने, अरबिन्द श्रेष्ठ,मधु राणा लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

घडिअर्वा छठघाटकाे सजावट र व्यवस्थापनमा २३ लाख बढी खर्च

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाले किराना पसलबाट किन्याे खाेप

MadhesKhabar

वीरगन्जमा दलित विद्यार्थीका लागि दलित छात्रावास निर्माण गर्ने मेयर सिंहकाे घाेषणा

MadhesKhabar

Leave a Comment