Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा दलित विद्यार्थीका लागि दलित छात्रावास निर्माण गर्ने मेयर सिंहकाे घाेषणा

वीरगन्ज,१७भदाैं:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जमा अध्यनरत दलित विद्यार्थीहरुका लागि महानगरवालिकाले दलित छात्रावास निर्माण गर्ने घोषणा गरेका छन्।

 

वीरगन्जमा नेपाल पासवान संघ पर्साले आयोजना गरेको बृहत पासवान भेलालाई सम्बोधन गर्दै मेयर सिंहले दलित विद्यार्थीहरूको आवासीय समस्या समाधान गर्न महानगरपालिकाले यहि वर्षमा दलित छात्रावास निर्माण गर्ने बताए । उनले दलित विद्यार्थीहरूको शैक्षिक यात्रामा सहजता ल्याउन छात्रावास आवश्यक भएको बताए ।

मेयर सिंहले दलितहरूको अवस्था सुधार नआउनुमा आंशिक कारण दलित स्वयं र दलित अगुवाहरू पनि रहेको टिप्पणी गरे।उनले भने,`कानूनले दिएको अधिकारका सवालमा दलित अगुवाहरुले नै बोल्न नसक्नु र अवसरवादी भूमिकामात्र लिन खाेज्नु कमजोरी हो।´

भेलामा भारतकाे अल इन्डिया पासवान एकता मञ्चका अध्यक्ष निरञ्जन पासवानले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता जस्तै नेपाल र भारतका पासवान जातिबीचको आपसी सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जाेड दिए।

नेपाल पासवान संघ पर्साका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा आयोजित भेलामा मञ्चका महासचिव डा. वीरेन्द्र पासवान, चौहरमल राष्ट्रिय परिषद मुकामका अध्यक्ष राजकुमार पासवान, धर्मेन्द्र पासवान, नेपाल पासवान संघ बाराका अध्यक्ष राजदेव पासवान, दलित संघर्ष समिति बाराका अध्यक्ष शिवदयाल पासवान, रौतहटका मटुक पासवान, नरेन्द्र पासवान, कलाकार प्रीति पासवानलगायतले मन्तव्य व्यक्त गरेका थिए।

Related posts

वीरगन्जमा भड्किलो प्रचार , कार्वाही गर्ने निकाय मुकदर्शक

MadhesKhabar

शिक्षामा वीरगन्ज–३० का वडाध्यक्ष यादवको नजर : एसईई उत्तीर्ण किशोरीहरुलाई बाँडे कम्प्युटर

MadhesKhabar

वीरगन्जमा विद्यार्थी संगठनले निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरु घाइते

MadhesKhabar

Leave a Comment