Madhes Khabar
स्थानिय

पथलैया–निजगढ सडकखण्डमा कार र ट्रिपर ठोक्कीदा २ जनाको मृत्यु

वीरगन्ज,५बैशाखःपूर्वपश्चिम लोकमार्ग अन्तर्गत पथलैया–निजगढ सडकखण्डको १३ किलोमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एक जना सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर १५ हजरियाका ४६ वर्षीय नारायणहरि शर्मा रहेका छन् । अर्का एक जनाको भने सनाखत हुन सकेको छैन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित भूईपुल नजिकको क्षेत्रमा कार र ट्रिपर ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार निजगढबाट पथलैयातर्फ आउँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको ट्रिपर र पथलैयाबाट निजगढतर्फ जाँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक र त्यसमा सवार शर्माको मृत्यु भएको हो । मृतक कारका चालकको भने सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार कारलाई ठक्कर दिने ट्रिपरका चालक फरार छन् ।

 

Related posts

सरावगी भन्छन् – जित्ने बित्तिक्कै ठगी मुद्धा हालेर ठेक्का पट्टाको बक्यौता असुल्छु

MadhesKhabar

सरसफाइमा झन कठाेर बन्दै वीरगन्ज महानगर: एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

MadhesKhabar

वीरगन्ज सहरकाे सरसफाईमा हेलचेक्रयाई गर्ने कर्मचारीलाई कारबाही गर्ने मेयर सिंहको चेतावनी

MadhesKhabar

Leave a Comment