Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा १० केजी चरेससहित चितवनका तामाङ पक्राउ

वीरगन्ज, १२ जेष्ठ : पर्साको ग्रामीण भेगबाट प्रहरीले लागु औषध चरेसहित एक युवकलाई पक्राउ गरेको छ ।प्रहरीले लागु औषध चरेस १० केजजीसहित चितवनको भरतपुर महानगरपालिका वडा नंबर १२ गोन्द्राङ घर भएका २३ वर्षिय पासाङ तामाङलाई पक्राउ गरेको हो ।

पर्साको कालिकामाई गाउँपालिका वडा नंबर १ स्थित नहर सडक खण्डमा शुक्रबार दिउँसो प्रहरी चौकी आस्वारीबाट खटिएको प्रहरी टोलीले बीआर २२ टि ८४९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा मोटरसाइकल चालक तमाङले बोकेको झोलाबाट २० वटा प्याकेटमा रहेको १० केजी चरेस बरमद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

चरेस र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका तामाङलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर तप अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

भ्रष्टचारीहरुलाई कारबाहीको माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

पर्सामा १ सय ५० भन्दा बढी भुमीहीनले लालपुर्जा पाउने

MadhesKhabar

माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

MadhesKhabar

Leave a Comment