Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा १० केजी चरेससहित चितवनका तामाङ पक्राउ

वीरगन्ज, १२ जेष्ठ : पर्साको ग्रामीण भेगबाट प्रहरीले लागु औषध चरेसहित एक युवकलाई पक्राउ गरेको छ ।प्रहरीले लागु औषध चरेस १० केजजीसहित चितवनको भरतपुर महानगरपालिका वडा नंबर १२ गोन्द्राङ घर भएका २३ वर्षिय पासाङ तामाङलाई पक्राउ गरेको हो ।

पर्साको कालिकामाई गाउँपालिका वडा नंबर १ स्थित नहर सडक खण्डमा शुक्रबार दिउँसो प्रहरी चौकी आस्वारीबाट खटिएको प्रहरी टोलीले बीआर २२ टि ८४९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा मोटरसाइकल चालक तमाङले बोकेको झोलाबाट २० वटा प्याकेटमा रहेको १० केजी चरेस बरमद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

चरेस र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका तामाङलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर तप अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

वीरगन्जकाे पाँचदिने रात्री बजारमा १ लाखभन्दा बढीले गरे अवलोकन

MadhesKhabar

महानगरले तिलावे नदि किनारको सार्वजनिक जग्गामा वृक्षारोपणका लागि गरेको तारबारमा तोडफोड

MadhesKhabar

पर्सा जिल्ला अदालतबाट धरौटीमा छुटेका कुशवाहा अदालतकै लेखा शाखामा कार्यरत रहेको खुलासा

MadhesKhabar

Leave a Comment