Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जमा अवैध रुपमा सञ्चालित ५ वटा कलेजमा सिलबन्दी

वीरगन्ज,१८ भदौं : वीरगन्ज महानगरपालिकाले अनुमति बेगर सञ्चालित ५ वटा कलेजमा सिलबन्दी गरेको छ ।महानगरद्वारा गठित नियमन समितिले गत बुधबारदेखि सोमबारसम्म ८ दिनको अवधिमा वीरगन्जमा अनुमति बेगर सञ्चालित ५ वटा कलेजमा सिलबन्दी गरेको हो ।

सोमबारपनि जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (अजय सर्राफ) को नेतृत्वमा खटिएको टोलीले वीरगन्ज १६ गहवास्थित माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा अवैध रूपमा सञ्चालित अन्नपूर्ण कलेजमा सिलबन्दी गरेको हो ।

कलेज सञ्चालनका लागि आवश्यक अनुमति समेत नलिएर अवैध रूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाइएपछि महानगरले कलेजमा सिलबन्दी गरेको समितिका संयोजक इश्वरचन्द्र यादवले बताए । नियमन समितिले विद्यालय भवनको मुख्य प्रवेशद्वारमा सिलबन्दी गरेको यादवले जानकारी दिए ।

त्यस्तै सोमबारनै महानगरको नियमन समितिले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा पनि सिलबन्दी गरेको यादवले बताए ।युनिभर्सल एकेडेमीले पनि कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाइएपछि महानगरले सिलबन्दी गरेको यादवले जानकारी दिए ।

यसअघि भदौ १३ गते पनि वीरगन्ज महानगरकै टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगन्ज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समापनि सिलबन्दी गरेको थियो ।

नियमन समितिमा वडा नम्बर १६ का वडाध्यक्ष परशुराम चौरसिया, महानगरको शिक्षा महाशाखाकी अधिकृत सिर्जना बुढाथोकी, मेयरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी इन्चार्ज हरि भुषाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादव लगायतको सहभागिता थियो ।

Related posts

जेनजी आन्दोलनकाे प्रभाव : पर्सामा विकास बजेट ५ प्रतिशत मात्र खर्च

MadhesKhabar

पर्साको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा दुई दिनदेखि ठप्प

MadhesKhabar

ठाकुरराममा चुनाव स्थगित भएपछि क्याम्पस प्रमुखलाई भाैतिक कारबाही गर्ने धम्की

MadhesKhabar

Leave a Comment