Madhes Khabar
राजनीति हेडलाइन

उपेन्द्र यादव भन्छन् : सरकारबाट हामीले समर्थन फिर्ता लिएका छैनौ

फाइल फोटो

 

वीरगन्ज,२२ असोज : जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारको समर्थन फिर्ता नलिएको बताएका छन् ।

एमालेसँग चुनावी तालमेल गरेपछि जसपा सरकारमा रहने वा नरहनेबारे सोधिएको जिज्ञासामा यादवले भने ,‘ सरकारप्रति हाम्रो असहमति होइन । हामीले सरकारको समर्थन फिर्ता लिएको पनि होइन। मात्रै गठबन्धन गर्दा सिटको तालमेल नमिलेको हो । त्यसैले सरकार र चुनावी गठबन्धन दुवै अलग विषय हुन्। यसलाई सँगै राखेर हेर्न हुँदैन।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मुखमा मन्त्री चलाएर उथलपुथल नगर्ने दाबी पनि गरे ।

 

उनले भने, ’अहिलेको त सरकार चुनावीमात्रै हो। चुनाव गराउनका लागि मात्रै हो। त्यसैले यसमा भित्रिने र बाहिरिनेले अर्थ राख्दैन। हाम्रा मन्त्रीहरुले चुनाव गराउनमा सरकारलाई सहयोग गर्छन्। चुनाव गराउने बेलामा उथलपुथल गर्नुहुँदैन। यो हाम्रो दायित्व पनि हो। प्रधानमन्त्रीले चुनाव गराउने बेलामा पक्कै यस्तो काम गर्नुहुन्न । साभार : नयाँपत्रिका

Related posts

हार्ने डरले सताएपछि सिके राउत अराजक प्रचारमा उत्रिए : जसपा

MadhesKhabar

कुश्ती खेलप्रति मधेसका युवामा उत्साह बढाउन वीरगन्जमा विराट कुश्ती दंगल हुदैं

MadhesKhabar

सत्तारुढ दलको भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली बजाउदैनौं : पूर्वमन्त्री यादव

MadhesKhabar

Leave a Comment