Madhes Khabar
समाचार

ठोरीको सीमा क्षेत्रबाट १० किलो गाँजा बरामद ,तस्कर फरार

फाइल तस्बिर।

वीरगन्ज,२६पुषः पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ मालीबस्तीबाट सशस्त्र प्रहरीले १० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म सुवर्णपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक रामबहादुर बोगटीको नेतृत्वमा खटिएको गस्ती टोलीले गाँजा उक्त गाँजा बरामद गरेको हो ।

मालीबस्तीदेखि दशगजा हुदै भारततर्फ गईरहेका पैदल व्यक्तिले प्रहरीलाई देख्ने बित्तिकै गाँजा छाडेर भागेको सशस्त्र प्राहरी नायब उपरिक्षक बोगटीले बताए ।

बरामद गाँजा आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय ठोरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

१८ अर्बको अवैध कारोबार गर्ने पर्साका ३ सहित २१ जना पक्राउ ( नाम र ठेगानासहित)

MadhesKhabar

तरकारी बोकेको गाडीबाट ३ सय ३४ केजी गाँजा बरामद, चालक फरार

MadhesKhabar

विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट खानेपानी मन्त्रालय : मन्त्री यादव

MadhesKhabar

Leave a Comment