वीरगन्ज,२मंसिरःमधेस प्रदेशका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरी कार्यालयमा हाजिर भएका पूर्वसांसदसहित दुई जना धनुषा जिल्ला अदालतमा जनही १/१ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
लोसपाका नेता एंव पूर्व प्रदेशसांसद परमेश्वर साह र जिल्ला अध्यक्ष जीबेन्द्र झा अदालतमा १/१ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ल प्रहरी कार्यालय धनुषका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।
बमका अनुसार, प्रदेश सभाका कर्मचारीमाथि हातपात गरेको भन्दै दुवै जनाविरुद्ध प्रहरीमा उजुरी परेपछि मंगलबार बिहान दुवै जना जिल्ला प्रहरी कार्यालय धनुषमा आँफै हाजिर भएका थिए ।प्रहरीमा उनिहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा दर्ता भएकोमा जिल्ला अदालतले मंगलबार नै जनही १/१ हजार रुपैयाँ धरौटी तोकेपछि दुवै जना उक्त रकम बरारबको धरौटी रकम बुझाएर रिहा भएको प्रहरी नायब उपरीक्षक बमले जानकारी दिए ।
मधेस प्रदेशमा नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन बर्दिबासको होटलमा शपथ ग्रहण गरेपछि विरोध भएको थियो। त्यसपछि भोलिपल्ट भएको आन्दोलनको क्रममा प्रदेश सभाका कर्मचारीमाथि हातपात भएको थियो।

