Madhes Khabar
राजनीति

कांग्रेस संस्थापन पक्षले स्थगन गर्‍यो विशेष महाधिवेशनलाई ’काउन्टर’ दिने दुवै भेला

काठमाडौं,२६पुसःनेपाली कांग्रेसको संस्थापन पक्षले पार्टी कार्यालयमा बोलाएका दुवै भेला स्थगन भएको जानकारी दिएको छ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई काउन्टर दिने गरी आयोजना गर्न लागेका पुस २७ र २८ गतेका सबै कार्यक्रम र भेला स्थगन गरिएको हो ।

सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पुस २७ गते पार्टी कार्यालयमा तरूण दलको नेतृत्वमा तरूण भेला र २८ गते जिल्ला सभापतिहरूको भेला आयोजना गरेको थियो ।

केन्द्रीय सदस्य गुरू बरालले दिएको जानकारीअनुसार पार्टी कार्यालयमा आयोजनामा गरिएको दुवै भेला पार्टी नेता तथा पूर्व मन्त्री होमनाथ दाहालको निधनका कारण स्थगन गर्नुपरेको हो।

‘पार्टी केन्द्रीय समितिले नै तीन दिन शोक मनाउने निर्णय गरेपश्चात् भेला स्थगन गरेका हौं,’ उनले भने ।संस्थापन समूहले २७ र २८ पुसमा हुने विशेष महाधिवेशनको काउन्टरमा यी भेलाहरू बोलाएको थियो ।

Related posts

काँग्रेसले टिकट नदिएका कुर्मी काँग्रेसलाइ नै हराउदै वडा अध्यक्षमा निर्वाचित

MadhesKhabar

नयाँ सरकारमा बाराबाट एमाले सांसद ज्वाला साह कृषि मन्त्री

MadhesKhabar

जय नेविसंघका उम्मेदवार राजु गुप्ताकाे टिमलाई अमात्य सहितका कांग्रेसका दिग्गज नेताहरुकाे समर्थन

MadhesKhabar

Leave a Comment