Madhes Khabar
स्थानिय

खानेपानीको समस्याग्रस्त वीरगन्ज महानगरको वडामा मेयर सिंहको अनुगमन

वीरगन्ज,२१बैशाखः करिब एक महिनायताअ वीरगन्जका विभिन्न वडामा चापाकल सुकेर खानेपानीको समस्याले जनजिवन नै कष्टकर बन्न थालेपछि वीरगन्ज महानगरका मेयर रजेशमान सिंह प्रभावित वडामा पुगेर अनुगमन गर्दै जनगुनासो सुन्न थालेका छन् ।

यसैक्रममा शु्क्रबार वीरगन्ज महानगरपालिका वडा नम्बर १२ को नयाँ टोलमा पुगेर मेयर सिंहले त्यहाँ बासिन्दासंग खानेपानीको समस्याका बारेमा जानकारी लिएका छन् । स्थानीयको गुनासो सुन्दै मेयर सिंहले खानेपानीको अभाव भइरहेको समस्या प्रति आँफु गम्भिर भएको बताए। खासगरी मधेसमा बढ्दो गर्मीका कारण चापाकलहरु सुकेर खानपानीकोसमेत अभाव हुने अवस्था प्रति चिन्ता व्यक्त गर्दै मेयर सिंहले महानगरले पानीको अभाव हुन नदिनका लागि विभिन्न काम गरिरहेको स्थानीयलाई जानकारी गराए ।

मेयर सिंहले महानगरको एक्लो प्रयासले मात्रै पानीको व्यवस्थापन गर्न नसक्ने र यसमा सबै निकायको साथपनि आवश्यक भएको बताए । यद्यपी डीप बोरिङ् जडान, खानेपानीको धारा जडान एंव ट्यांकरमार्फत पानीको व्यवस्था गर्ने कार्यमा भने महानगरले कुनै कमी नगर्ने मेयर सिंहले प्रतिबद्धता जनाए।

उनले वडा नम्बर १२ को नयाँ टोलमा पानीको हाहाकार भएको गुनासो आएपछि खानेपानी संस्थानलाई त्यस टोलमा पाइपलाईन जडान गर्न अनुरोध गरेको जानकारी गराए । तर पाइपलाइन जडानका क्रममा स्थानीयले अवरोध गरेको खबर आँफुले पाएको भन्दै उनले अब अवरोध नगर्न स्थानीयसंग अनुरोधपनि गरे ।

मेयर सिंहको अनुरोधमै खानेपानी संस्थानले वीरगञ्जका विभिन्न स्थानमा पाइपलाईन जडान तथा धारा जडानको कार्यलाई अघि बढाएको मेयर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।

Related posts

वीरगन्जमापनि कांग्रेसले मनायाे शहीद दिवस

MadhesKhabar

झाडापखाला र हैजाका बिरामीलाई बेड र स्वास्थ्यकर्मी निशुल्क उपलब्ध गराउने निजी अस्पतालहरूको प्रतिबद्धता

MadhesKhabar

मेडिकल कलेजका एमडी र ल्याब प्रमुखलाई रिहा गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment