Madhes Khabar
स्थानिय

वीरगन्जको बेल्वामा नेपाली सेनाद्वारा वृक्षारोपण

फाइल तस्बिर ।

वीरगन्ज,९असोजःवीरगन्ज महानगरपालिका वडा नम्बर १३ बेल्वास्थित भेडाहा नदीको तटमा नेपाली सेनाले वृक्षारोपण सुरु गरेको छ ।वीरगन्जमा रहेको नेपाली सेनाको श्रीजङ्ग गणका सेनाहरुले बेल्वास्थित सेनाको तालिम इलाका क्षेत्रको चार किलोमिटर नदी तटमा बिहीबारदेखि वृक्षारोपण सुरु गरेको हो ।

श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले भेडाहा खोलाको नदी कटान हुने क्षेत्रलाई लक्षित गरेर बाँसको बिरुवा रोपिएको जानकारी दिए ।‘

श्रीजङ्ग गणको तालिम इलाकाको चार किलोमिटर नदी तटीय क्षेत्रमा १५ मिटरको अन्तरमा करिब ६ सय बाँसको बिरुवा रोप्ने अभियान थालनी गरेका छौँ,’ उनले भने, ‘यो अभियान असोज महिनाभरि नै सञ्चालन गरिनेछ ।’

कार्कीले बाँसको बिरुवाले नदीको कटान र धार परिवर्तनलाई रोक्न मद्दत हुने भएकाले वृक्षारोपण अभियान अघि सारेको बताए ।‘एकातर्फ पर्यावरणको संरक्षण र संवद्र्धन गर्न मद्दत पुग्नेछ’, उनले भने, ‘यसले भूसंरक्षण र नदी कटान लगायतको समस्यालाई रोकथाम गर्ने अपेक्षा गरेका छौँ ।’ रासस

Related posts

वीरगन्जका चोक चोकमा आगो ताप्ने व्यवस्था

MadhesKhabar

वीरगन्ज महानगरपालिका कार्यालय आज बन्द

MadhesKhabar

वीरगन्जमा हैजा प्रकोप : काठमाडौंको ल्याबमा गरिएको कल्चर टेष्टमा पनि हैजाको संक्रमण पुष्टि

MadhesKhabar

Leave a Comment