Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जका चोक चोकमा आगो ताप्ने व्यवस्था

मधेसखबर
वीरगन्ज,१३पुस: कठ्याग्रिदो जाडो बढेसँगै वीरगन्ज महानगरपालिकाले ३२ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

३२ वटै वडाका वडाअध्यक्षको सुझावमा आवश्यक स्थानको पहिचान गरी आगो ताप्न महानगरपालिकाले दाउरा उपलब्ध गराएको छ ।

बुधबारदेखि फेरि शीतलहर सुरु भएकाले महानगरका ३२ वटै वडामा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको महानगरका मेयर राजेशमान सिंहले बताए । उनका अनुसार महानगरले यस वर्ष जाडोबाट बँच्न आगो ताप्न ३ सय क्विन्टल दाउराको व्यवस्था गरेको छ । यस्तै महानगरले नै विभिन्न स्थानबाट संकलन गरेको ६ ट्रक रुखका जराहरु पनि जम्मा गरेर राखेको छ ।

आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर्याउने व्यवस्था मिलाइएको बताउँदै मेयर सिंहले जरुरत परेको ठाउँमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दाउरा माग गर्न वडावासीहरुलाइआग्रह गरे ।

महानगरले बजार क्षेत्रमा आदर्शनगर चोक, घण्टाघर, माइस्थान चोक, मुरलीचोक, छपकैयाँ, विर्ता, पुरानो बसपार्क, मालपोत चोकका साथै ग्रामीण वडाका पनि सार्वजनिक आगो ताप्ने व्यवस्था मिलाएकाे मेयर सिंहले बताए ।

Related posts

सहिद दिवसमा कांग्रेसद्वारा वीरगन्जमा १० जना सम्मानित

MadhesKhabar

कांग्रेस विशेष महाधिवेशन : पर्साबाट चाैधरी र कुर्मी बने केन्द्रीय सदस्य

MadhesKhabar

वीरगन्ज महानगरसंग समन्वय गर्दै अघि बढ्न तयार छौं : शिक्षक महासंघ

MadhesKhabar

Leave a Comment