Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज-२६ मा नवनिर्मित वडा कार्यलय र स्वास्थ्य चाैकी भवनकाे कार्यवाहक मेयर आलमले गरे उद्घाटन

वीरगन्ज,१५साउन:वीरगन्ज महानगरपालिका वडा नम्बर २६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटन गरिएको छ ।शुक्रबार वीरगन्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमले दुवै भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक मेयर आलमले नयाँ वडा कार्यालय र स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप प्रभावकारी, सहज र गुणस्तरीय हुने विश्वास व्यक्त गरे । उनले वडाको विकास र जनसेवाका लागि महानगरपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्राले महानगरपालिका स्तरीय योजनाअन्तर्गत वडा कार्यालय भवन तथा प्रदेश सरकारको योजनाअन्तर्गत स्वास्थ्य चौकी भवन निर्माण गरिएको जानकारी दिए । उनका अनुसार वडा कार्यालय भवन १ करोड १० लाख ४५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

वडाध्यक्ष मिश्राले वडा कार्यालय र स्वास्थ्य चौकी एउटै परिसरमा सञ्चालनमा आउँदा स्थानीय नागरिकले प्रशासनिक तथा स्वास्थ्य सेवा एकै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्ने बताए । यसका साथै वडा कार्यालय नजिक विद्यालय र प्रहरी कार्यालय समेत रहेकाे उनले जानकारी दिए ।

वडाध्यक्ष शम्भु मिश्राको अध्यक्षता तथा कार्यवाहक मेयर आलमको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरूप प्रसाद कुर्मी लगायतकाकाे पनि सहभागीता रहेको थियो ।

Related posts

वीरगन्जको बाल सुधार गृहबाट एक किशाेर चार दिनदेखि फरार

MadhesKhabar

नेपाल ब्युटिसियन संघ पर्साको २१ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान

MadhesKhabar

यसवर्षको एसईईमा पर्सा जिल्लाबाट साढे १२ हजार विद्यार्थी सहभागी हुदैं

MadhesKhabar

Leave a Comment