Madhes Khabar
स्थानिय

वीरगन्जको बाल सुधार गृहबाट एक किशाेर चार दिनदेखि फरार

वीरगन्ज,५भदाैं:वीरगन्ज-४ विर्तनस्थित बाल सुधार गृहबाट लागुऔषध कसुरमा सजाय भोगिरहेका १७ वर्षीय किशाेर फरार भएका छन्।चार दिनदेखि फरार रहेका उनकाे प्रहरीले खाेजी गरिरहेकाे भएपनि फेला पार्न सकेकाे छैन।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र बहादुर मल्लका अनुसार गत मंगलबार बिहान करिब साढे ५ बजेतिर १७ वर्षीय ती किशाेर सुधार गृहकाे झ्यालबाट हाम फालेर फरार भएका हुन्।

प्रहरीका अनुसार बिहानको समयमा बाल सुधार गृहको पछाडिपट्टिको झ्यालबाट उनी बाहिरिएका थिए। लागुऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि उनलाई बाल सुधार गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ।

अदालतको फैसलापछि करिब एक साताअघि मात्रै उनलाई सुधार गृहमा ल्याइएको थियो। सर्लाहीको गोडैता नगरपालिका घर भएका ती किशाेर फरार भएलगत्तै प्रहरीले खोजी सुरु गरे पनि हालसम्म फेला पार्न नसकेको डीएसपी मल्लले बताए ।

Related posts

बहुदरमाई नगरपालिकाकाे दशाैं नगरसभा सम्पन्न : ४४ कराेड ८१ लाखकाे बजेट प्रस्तुत

MadhesKhabar

वीरगन्जसहित मधेसमा देखिएको खानेपानीको संकट चाडै समाधान गछौँ : मन्त्री यादव

MadhesKhabar

पर्सामा तीन जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान

MadhesKhabar

Leave a Comment