Madhes Khabar
स्थानिय

वीरगन्जसहित मधेसमा देखिएको खानेपानीको संकट चाडै समाधान गछौँ : मन्त्री यादव

वीरगन्ज,२५ असार : खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगन्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको संकट चाडै समाधान गरिने बताएका छन् ।

बुधबार मन्त्री यादवले वीरगन्ज महानगरपालिकाका विभिन्न वडा, टोल तथा घर घरमा पुगेर निरीक्षण तथा अनुगमन गरि तत्कालै खानेपानीको समस्या समाधान गर्न आफु लागि परेको बताए ।

उनले भने, “वीरगन्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म पहल गरिरहेको छु । सयौँ ठाउँमा डिप बोरिङ जडान भइ खानेपानी आपूर्ति भइरहेका छन् । अन्य समस्या ग्रस्थ क्षेत्रमा पनि डिप बोरिङ जडानको कार्य सुरु भएकाले यहाँको समस्या चाडै समाधान हुनेछ ।”

खानेपानीको समस्याग्रस्त भएका वीरगन्जका विभिन्न वडा, गाउँ तथा टोलहरुमा निरीक्षण गर्दै मन्त्री यादवले पछिल्लो समय जनताले भोगिरहेको खानेपानीको अभावले आफू निकै चिन्तित भएको बताए ।

उनले भने, “वीरगन्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म स्थलगत रुपमा अनुगमनमा निस्किएको छु । जनताको अत्यावश्यक आवश्यकताको रूपमा रहेको खानेपानीको समस्या समाधानमा कुनै कसर बाँकी राखिने छैन । सरकारको तर्फबाट तीव्र पहल भइरहेको छ ।”

बुधबार मन्त्री यादव सहितको टोलीले वीरगन्ज महानगरपालिकाका–११ का श्रीपुर, नयाँ बस्ती, रानीघाट, ओमआश्रम, वडा नंबर १२ का मुर्ली नएका टोला, ब्रह्मचोक, वडा नंबर १२ का राधेमाई, पण्डितटोल, तीजार्थटोल, मुरली गाउँ, नएको टोल, वडा नंबर १४ का बहुँअरी राधेमाई, पिपरा, वडा नंबर १५ का भिष्वा नयाँ बस्ति, लक्ष्मणवा, वडा नंबर २१ का तत्वाटोल, ताजपुर, कोईरिया टोल ,परवानापूर वडा नंवर २४ का रामगढवा, रानीघाट, नयाँ बस्ती, बहुँवरी, वडा नंबर २६ को सुगौली, अठराहा, वडा नंवर २५ को डाईपोर्ट, सिरसिया वडा नंबर १७ को अलौँ, वडा नंबर १० को घडिअर्वा, रानीघाट, वडा नंबर ९ लगायत विभिन्न टोल र घरघरमा अनुगमन तथा निरीक्षण गरेकाे हाे ।

जलवायु परिर्वतनका कारण यहाँका पानीका चापाकल सुक्दै गएका र खानेपानीको चरम अभाव भएपछि मन्त्री यादव सहित नेपाल खानेपानी संस्थानका कर्मचारीको टोलीले समस्या समाधानका उपाय सहित अनुगमन तथा निरीक्षण गरेको हाे ।

स्थानीय तहसँग सहकार्य गर्दै यहाँको खानेपानीको समस्या समाधान गर्न आफु पूर्ण प्रतिबद्ध रहेको समेत मन्त्री यादवले विश्वास दिलाए ।

उनले भने, “यो संकटको समाधानका लागि आवश्यक रणनीति, स्रोत परिचालन र दीर्घकालीन योजना निर्माणमा मेरो पहल जारी रहनेछ । विपतको समयमा सबैको साथ तथा सबैको हाथको आशा पनि राखेको छु ।”

Related posts

वीरगन्जको विकासका लागि वीरगन्जवासीको सहयोग र साथ आवश्यक छ – मेयर सिंह

MadhesKhabar

वीरगन्जको विधुत प्राधिकरणमा कर्मचारीहरुबिच कुटाकुट

MadhesKhabar

मन्त्री यादवकाे पहलमा वीरगन्जमा १०० बढी बाेरिङ जडान,पानीकाे अभाव झेलेका जनतालाई भयाे राहत

MadhesKhabar

Leave a Comment